सही सूचना प्रवाहबिना अर्थतन्त्र चल्दैन : अर्थमन्त्री खनाल « Khabarhub

सही सूचना प्रवाहबिना अर्थतन्त्र चल्दैन : अर्थमन्त्री खनाल


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही तरिकाले चल्नका लागि सही सूचना प्रवाह अत्यन्त आवश्यक हुने बताएका छन् ।  

राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोग: अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्री खनालले गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पर्न सक्ने भएकाले अर्थतन्त्र सही तरिकाले चल्नका लागि सही सूचना प्रवाह अत्यन्त आवश्यक रहेको बताएका हुन् ।

उनले पुँजी बजारमा समेत सूचनाको एकाधिकार पाएका कतिपय व्यक्तिहरूले लाभ लिएको र अरु लगानीकर्ताले समान तरिकाले निर्णयका लागि समयमा सूचना प्राप्त गर्न नसकेको धारणा राखे ।

मन्त्री खनालले अवाञ्छित गतिविधि गर्नको निमित्त सूचनाको हक प्रयोग गर्ने प्रवृत्तिसँग सचेत हुनुपर्नेमा जोड दिए ।

समाजलाई शान्त र सभ्य राख्नको निमित्त पनि सही सूचना, सही समयमा, सही कारणले नागरिकलाई दिनुपर्ने राज्यको दायित्व भएको उनको भनाइ छ ।  

मन्त्री खनालले अपुष्ट, अप्रमाणित र हुँदै नभएको सूचनाका कारण जेन-जी आन्दोलनमा धेरै जनधनको क्षति भएको धारणा राखे  । उनले सही सूचना प्रवाहका लागि सञ्चारमाध्यमका साथै, संवैधानिक निकाय, संसद्, न्याय प्रणाली लगायत सबै निकाय जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : १५ बजे

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं–  उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा