सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील « Khabarhub

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे छ । सुरक्षा संवेदनशीलताको हिसाबले आठ मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् । 

उनका अनुसार जिल्लाका १०९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो । 

जिल्लामा १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ ।

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ । जिल्लाको अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता छन् । 

भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छ्ट्याइएको छ ।

अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ , संवेदनशील ८२ र सामान्य १९ छन् । 

अति संवेदनशील क्षेत्रमा तीन हजार ९२६ मतदाता र संवेदनशील मतदानस्थलमा ८६ हजार १३३ मतदाता रहेका छन् ।  अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ थपलियाले जानकारी दिइन् । 

मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ । अति संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।  

निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाकासाथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने उनको भनाइ छ ।  एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित  एक लाख १९ हजार ६३० मतदाता छन् ।

जिल्लामा एक सय  ९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ५९ बजे

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३० गते शनिबार अधिक जेठ

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट