कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल « Khabarhub

कांग्रेस देश रूपान्तरण गर्ने स्पष्ट आधारसहित अगाडि बढेको छ : महामन्त्री पौडेल


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक रूपमा रूपान्तरण भएर आएको कांग्रेस देश रूपान्तरणको स्पष्ट आधारसहित अगाडि बढेको बताएका छन् ।

नेविसङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको पार्टी सदस्य एवम् शुभेच्छुक भेटघाट कार्यक्रममा उहाँले बदलिएको कांग्रेसले पार्टीलाई एकताबद्ध गर्दै देश बदल्ने बताएका छन् ।

“विशेष महाधिवेशनले कांग्रेस नयाँ बनेको होइन, रूपान्तरित भएर आएको हो । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्नेछ । रूपान्तरणको अर्थ हाम्रा नीति, सिद्धान्त र व्यवहारले पुष्टि गर्ने हो”, महामन्त्री पौडेलले भने,“पार्टीले एक व्यक्ति दुई पटकसम्म प्रधानमन्त्री हुने, सांसद्, मन्त्रीको समयरेखाको कुरा गरेका छौँ । निर्वाचनअघि गठबन्धन नगर्नेलगायत नीति अगाडि सारेका छौँ । त्यसैकारण यसपटक सबैले आफ्नो आस्थाको पार्टी र चुनाव चिन्हमा मतहाल्ने अवस्था बनेको छ । भविष्यमा अरु प्रभाव देखिने नै छन् ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भ्रष्टाचार अन्त्य र सुशासन मुख्य माग रहेको उल्लेख गर्दै ती मागको सम्बोधन कांग्रेसले पूरा गर्ने जिकिर गरे । भ्रष्टाचार अन्त्यका लागि आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले कांग्रेसले सार्वजनिक गर्न लागेको प्रतिबद्धतापत्रमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम, स्वदेशमा रोजगारी सिर्जना, डिजिटल मुलुक निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।

गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखाको विकास र मुलुकको समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको बताए । आफूले १५ वर्षदेखि निरन्तर समाजसेवा गर्दै आएको उल्लेख गर्दै उहाँले जनताको सेवा गर्न समाजसेवा र राजनीतिलाई सँगै अगाडि बढाउने बताए ।

कांग्रेस गोरखा क्षेत्र नं १ का उम्मेदवार प्रेम खत्रीले राष्ट्रिय समस्याको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्ले, कमला पन्त, अब्दुल सत्तार, किरणबाबु श्रेष्ठ, कांग्रेस गोरखा जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : २३ बजे

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत