प्रधानमन्त्री ओलीको अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास « Khabarhub

प्रधानमन्त्री ओलीको अवस्थाबारे यथार्थ जानकारी लुकाउने प्रयास


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधवार(हिजो) विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।
नियमित जाँच भनिएपनि प्रधानन्त्रीलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

तर हिजो साँझ प्रधानन्त्रीको उपचारमा संलग्न प्रधानन्त्रीकी निजी चिकित्सक प्रा डा दिव्यासिंह साह र डा चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएको र आवश्यक परीक्षण पूरा भएपछि राति वा भोलिसम्ममा डिस्चार्ज गरिने उल्लेख गरिएको छ । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी लुकाउन खोजिएको कतिपयले आरोप लगाएका छन् ।

प्रधानमन्त्री अस्पताल विहानै पुगेपनि उनको स्वास्थ्य अवस्थाबारे औपचारिक रुपमा बेलुका मात्र जानकारी गराइएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएको र चिकित्सकहरूको परामर्शअनुसार स्वास्थ्य परीक्षण बाँकी नै रहेकाले अस्पतालमै बस्नु परेको बताए ।

यसअघि सिंगापुरमा प्लाज्मा फेरासिस गरिएका प्रधामन्त्रीको रगतमा हानिकरक क्रियटाइन बढी देखिएको अस्पताल श्रोतको भनाइ छ ।  क्रियटाइन बढी देखिएपछि अल्ट्रा–फिल्ट्रेसन गरिएको छ ।

चिकित्सकहरुका अनुसार शरीरमा रहेको एन्टिबडि हटाउन प्लाज्मा फेरासिर र हेमोडायलाइसिस भन्दा अल्ट्रा–फिल्ट्रेसन फरक तरिका हो ।
प्रधानमन्त्रीको अनुहार र शरीरका केहीभाग सुन्निने सममस्या प्रधानमन्त्रीलाई देखिएको अस्पताल स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको पहिलो पटक साउन १८ देखि २७ सम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल एसएनयू मा स्वास्थ्य परीक्षण गरिएको र उनको शरीरमा ‘एन्टीबडी’को मात्रा धेरै देखिएको थियो ।

त्यसलाई निराकरण गर्न प्लाज्माफेरेसिस प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले दोस्रो पटक पनि सिंगापुर जान लागिएको बताइएको थियो । प्रधानमन्त्री दोस्रो पटक सिंगापुरबाट भदौ २० गते फर्किएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ३२ बजे

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ