विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर « Khabarhub

विश्वकपमा वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : आजको खेलमा सोमपाललाई अवसर


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । भारतको मुम्मबईस्थित वनखेडे मैदानमा टस जितेर वेस्ट इन्डिजले पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि दुई खेलमा पराजय भोगेको छ । नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । वेस्ट इन्डिजले भने लगातार दुई खेलमा जित निकाल्दै चार अंक जोडिसकेको छ ।

लगातार दुई खेलमा मौका नपाएका तीव्र गतिका बलर सोमपाल कामीले आजको खेलमा अवसर पाएका छन् । यो सँगै उनी लगातार तीन वटा विश्वकप खेल्ने एक्लो नेपाली खेलाडी बनेका छन् ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो।

दोस्रो खेलमा भने नेपाल कमजोर प्रदर्शन गर्दै इटालीसँग १० विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको १२४ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको हो । आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : ५७ बजे

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य : भारत

काठमाडौं- नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने भारतले

अवार्ड विजेता ६ चिनियाँ फिल्मको काठमाडौंमा प्रदर्शन

काठमाडौं – बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु