वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार « Khabarhub

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट इन्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ । वेस्ट इन्डिजले ९ विकेटले जितेको हो ।

मुम्बईको वानखेडे रंगशालामा टस जितेर वेस्ट इन्डिजले पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।

आजको खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाल कमजोर देखियो । बलिङतर्फ नेपालका नन्दन यादवले ओपनर ब्रान्डन किङको एक विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।

वेस्ट इन्डिजका किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । ओपनर शाई होपले अर्धशतक प्रहार गरे । उनले ४४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६१ रन जोडे ।

शिमरोन हिटमायरले अविजीत ४६ रन जोडे । उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो इनिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ५८ रन जोडे । सुरुवाती क्रममा अन्य ब्याटरहरु चल्न नसक्दा नेपालको इनिङ नाजुक बनेको थियो ।

ओपनर कुशल भुर्तेल १, अर्का ओपनर आशिफ शेख ११, कप्तान रोहित पौडेल ५, आरिफ शेख २, लोकेश बम १३, गुल्शन झा ११ रनमा आउट भए । सोमपाल कामीले अविजीत २६ रन जोडे । सोमापल र दीपेन्द्रको ब्याटिङले नेपाललको इनिङ केही हदसम्म उकासिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  २ : १९ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल