टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार « Khabarhub

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा नाबियालाई अमेरिकाले ३१ रनले पराजित गरेको हो ।

समूह ए अन्तर्गतको खेलमा अमेरिकाले दिएको २ सय रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमै सीमित भयो ।

नामिबियाका लागि लरेन स्टिनक्याम्पले ५८ रन बनाए भने जेजे स्मिटले ३१ रन बनाए । अमेरिकाका शेड्ली भान साल्कविकले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ६८ रन जोडे । कप्तान मोनाङ्क पटेलले ५२ रन बनाए ।

यस हारसँगै नामिबिया टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । नामिबियाले यस प्रतियोगिताका तीन वटै खेलमा पराजय बेहोरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : २२ बजे

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८