विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट « Khabarhub

विस्फोटक पारी खेलेका ईशान आउट, भारतले गुमायो दोस्रो विकेट


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी छ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । खेलको ८ ओभर ४ बलमा पाकिस्तानका साइम ऐयुबले भारतका ईशान किसानलाई बोल्ड आउट गरे ।

आउट हुनुअघि उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।

ताजा अवस्थामा भारत दुई विकेटको क्षतिमा ८८ रनको अवस्थामा छ ।

यसअघि खेलको पहिलो ओभरमै भारतले पहिलो विकेटका रुपमा अभिषेक शर्मा आउट भए । उनलाई छैटौँ बलमा सलमान आगाले आउट गरे । उनी शहीन शाह अफ्रिदीको हातबाट क्याच आउट भएका हुन् ।

आउट हुनुअघि चार बल खेलेका उनले कुनै रन जोड्न सकेनन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ०२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको