आईसीसी टी-२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य « Khabarhub

आईसीसी टी-२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएपछि पाकिस्तानले १७६ रनकाे लक्ष्य पाएकाे हाे ।

भारतका लागि ईशान किसानले सर्वाधिक ७७ रन बनाए । आउट हुनुअघि उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेले । यस क्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे ।

यस्तै कप्तान सुर्यकुमार यादवले ३२, शिवम् दुवेले २७, तिलक बर्माले २५ रन बनाए । भारतका हार्दिक पाण्डया र अविषेक शर्मा शुन्य रनमा नै आउट भएका थिए ।

पाकिस्तानका लागि साइम अयुबले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले भारतका इसान किसन, तिलक बर्मा र हार्दिक पाण्ड्यालाई आउट गरे । यस्तै सलमान अली आगा, उस्मान तारिक र शाहिन अफ्रिदीले एक एक विकेट लिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ०१ बजे

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८