विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै « Khabarhub

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्नेछन्। भारतको दिल्लीमा हुने यो खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ।

दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन्। यो खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ।

विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ। समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो। एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ।

तेस्रो खेलमा सोमबार साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ। यो समूहमा दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ।

एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल