एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने « Khabarhub

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ । प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने तयारी गरेको हो ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसाथ गर्ने नवीन अवधारणासहित ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ । उक्त सोचलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ ‘ह्याकाथन इभेन्ट–२०८२’ गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘एआईलाई जटिल र टाढाको प्रविधि होइन आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोँचका साथ यो कार्यक्रम अघि बढाएका हौँ,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, ‘एई साथी’ नाम आफैंमा एक आकर्षक र जनमैत्री अवधारणा हो । यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौँ । संस्थाको ‘सहयोगी साथी’का रुपमा एई साथीले सेवाग्राही आवश्यक सेवामा सहयोग गर्ने छ ।’

उनले सेवाग्राहीले ‘एई साथी’ भनी बोलाउने र ग्राहकलाई आवश्यक पर्ने विभिन्न जानकारी तथा सहयोगका लागि प्रयोग गर्ने संस्कार क्रमशः विकास हुँदै जाने विश्वास प्राधिकरणले लिएको पनि जानकारी दिए।

एआईलाई केवल प्रविधि नभई सहकार्य गर्ने साथीका रूपमा स्थापित गर्ने दीर्घकालीन सोँचका साथ यो अवधारणामा समेटिएको प्राधिकरणले जानकारी दिएको छ ।

एआईलाई संस्थागत रूपमा आत्मसाथ गर्ने उद्देश्यले सुरु गरिएको ‘ह्याकाथन’ मा संस्थाभित्रकै कर्मचारीबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत भएको र ती प्रस्तावहरू ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरण लगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ ।

‘ह्याकाथन’ मार्फत प्राप्त प्रस्तावहरूको प्रस्तुतीकरणपछि विस्तृत मूल्यांकन गरिने र मूल्याङ्कनको प्रक्रियाबाट उत्कृष्ट तथा व्यवहारिक अवधारणाहरू छनोट गरी तिनलाई क्रमशः कार्यान्वयनमा लैजाने तयारी गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ । ‘छनोट भएका अवधारणाहरूलाई परीक्षण तथा विकास प्रक्रियामार्फत संस्थागत प्रणालीमा समावेश गरिनेछ,’ शाक्यले भने, ‘अहिलेको युग एआईको युग हो । त्यसैले संस्थालाई पनि समयसँगै अघि बढ्नुपर्ने आवश्यकता भएकाले हामीले यो अवधारणा अघि ल्याएका हौँ ।’

प्राधिकरणले दीर्घकालीन रणनीतिका साथ ‘एई साथी’ को अवधारणा विकास गरिएको भन्दै यो पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा सेवा सुधारतर्फको महत्वपूर्ण सुरुआतका रूपमा अघि बढाएको पनि जानकारी दिएको छ ।

‘एई साथी’ प्रणालीलाई प्राधिकरणले प्रारम्भिक चरणमा ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गर्ने र विस्तारै प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान र डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने योजना बनाएको छ । यो सम्भवतः सार्वजनिक निकायहरूमध्ये पहिलो एआई प्रयोगको प्रयास हुनसक्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ५४ बजे

ओलीको आग्रह : आफूसँगै आफन्त र छिमेकीलाई पनि एमालेमा मत हाल्न लगाउनुस्

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेलाई

‘आबाट आमा’को व्यापार ८ करोड नाघ्यो, ‘कुमारी’ र ‘रमिताको पिरती’ लाखमै सीमित

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’को व्यापार

मत सर्वेक्षणसम्बन्धी समाचारप्रति रेनुको आपत्ति, सेतोपाटीलाई कारबाही गर्न काउन्सिललाई आयोगको पत्र

चितवन – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार

के.सी.सी.मा अनेरास्ववियूको आन्दोलन

काठमाडौं– अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सी.सी) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन