कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? « Khabarhub

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस डिप्रेसनको शिकार भएका हुन्छन् । डिप्रेसन एक मानसिक रोग हो । यसले मानसिक रुपमा अनेकौं समस्या निम्त्याउने गर्दछ ।

मानिसमा निराशापन बढ्दै जानु, मनमा अनेकौं नकारात्मक विचार आउनु, जिन्दगी बेकार भएको महसुस हुनु लगायतका लक्षण डिप्रेसनका संकेत हुन् । डिप्रेसनमा केही मानिस मर्ने चाहना राखेर आ‘त्मह‘त्या गर्नेसम्मको स्थितिमा समेत पुग्ने गर्दछन् । तर डिप्रेसनको वेलैमा राम्रो उपचार भयो भने त्यस्तो जोखिम निम्तिदैन । डिप्रेसन भएको कसरी थाहा पाउने ?

मनमा बद्लिएमा
यदि कोही डिप्रेसनको सुरुवाती अवस्थामा छ भने उसको मनमा निकै बद्लाव आउँछ । आफू एक्लो भएको, दुःखी भएको, रित्तो महसुस हुने तथा रुन मन लाग्ने हुन्छ ।

खुशी नहुनु
डिप्रेसनको अर्काे मुख्य लक्षण भनेको मानिसमा खुशीपना नहुनु हो । यदि कोहि मानिस रमाइलो माहौलमा पनि हास्न सक्दैन भने वा खुसी बन्न सक्दैन भने यो डिप्रेसनको अर्को लक्षण हो ।

तौल घटबढ
शारिरीक तौलमा एकाएक घटि हुने थालेमा मानिसमा डिप्रेसन हुन सक्छ । यदि तौलमा परिवर्तन आएमा यसबारे चिकित्सकको सल्लाह लिएर तुरुन्त उपचार तर्फ लाग्नुपर्छ ।

निन्द्रा नपर्नु
डिप्रेसन भएका मानिसहरु प्रायः अबेर रातिसम्म निदाउन सक्दैनन् । तर यो केही मानिसमा मात्र हुनसक्छ । केहीलाई दिउ“सो निन्द्रा लाग्ने, वा आवश्यकता भन्दा बढी निन्द्रा लाग्ने पनि हुनसक्छ ।

थाकेको महशुस हुनु
यदि कसैलाई बिना श्रम पनि बढी थकान महशुस हुन्छ भने यो पनि डिप्रेसनको लक्षण हुनसक्छ । साथै कतिपयमा एकाग्र हुन नसक्ने, निन्द्रा नपुगे जस्तो हुने लक्षण देखापर्छ ।

बिना कारण पछुतो हुने
डिप्रेसनबाट पीडित मानिसमा बिना कारण पछुतो हुने गर्दछ । उनीहरु हरेक कुरामा आफूलाई अयोग्य ठान्दछन् । उनीहरुमा नकारात्मक विचार बढी आउने गर्दछ । त्यस्तै केही मानिसमा साधारण तनावमा पनि मर्न वा आ‘त्म‘ह‘त्या गर्न मन लाग्छ भने यो डिप्रेसनको लक्षण हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ०२ बजे

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा