कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? | Khabarhub Khabarhub

कतै तपाईंलाई डिप्रेसन भएको त छैन ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस डिप्रेसनको शिकार भएका हुन्छन् । डिप्रेसन एक मानसिक रोग हो । यसले मानसिक रुपमा अनेकौं समस्या निम्त्याउने गर्दछ ।

मानिसमा निराशापन बढ्दै जानु, मनमा अनेकौं नकारात्मक विचार आउनु, जिन्दगी बेकार भएको महसुस हुनु लगायतका लक्षण डिप्रेसनका संकेत हुन् । डिप्रेसनमा केही मानिस मर्ने चाहना राखेर आ‘त्मह‘त्या गर्नेसम्मको स्थितिमा समेत पुग्ने गर्दछन् । तर डिप्रेसनको वेलैमा राम्रो उपचार भयो भने त्यस्तो जोखिम निम्तिदैन । डिप्रेसन भएको कसरी थाहा पाउने ?

मनमा बद्लिएमा
यदि कोही डिप्रेसनको सुरुवाती अवस्थामा छ भने उसको मनमा निकै बद्लाव आउँछ । आफू एक्लो भएको, दुःखी भएको, रित्तो महसुस हुने तथा रुन मन लाग्ने हुन्छ ।

खुशी नहुनु
डिप्रेसनको अर्काे मुख्य लक्षण भनेको मानिसमा खुशीपना नहुनु हो । यदि कोहि मानिस रमाइलो माहौलमा पनि हास्न सक्दैन भने वा खुसी बन्न सक्दैन भने यो डिप्रेसनको अर्को लक्षण हो ।

तौल घटबढ
शारिरीक तौलमा एकाएक घटि हुने थालेमा मानिसमा डिप्रेसन हुन सक्छ । यदि तौलमा परिवर्तन आएमा यसबारे चिकित्सकको सल्लाह लिएर तुरुन्त उपचार तर्फ लाग्नुपर्छ ।

निन्द्रा नपर्नु
डिप्रेसन भएका मानिसहरु प्रायः अबेर रातिसम्म निदाउन सक्दैनन् । तर यो केही मानिसमा मात्र हुनसक्छ । केहीलाई दिउ“सो निन्द्रा लाग्ने, वा आवश्यकता भन्दा बढी निन्द्रा लाग्ने पनि हुनसक्छ ।

थाकेको महशुस हुनु
यदि कसैलाई बिना श्रम पनि बढी थकान महशुस हुन्छ भने यो पनि डिप्रेसनको लक्षण हुनसक्छ । साथै कतिपयमा एकाग्र हुन नसक्ने, निन्द्रा नपुगे जस्तो हुने लक्षण देखापर्छ ।

बिना कारण पछुतो हुने
डिप्रेसनबाट पीडित मानिसमा बिना कारण पछुतो हुने गर्दछ । उनीहरु हरेक कुरामा आफूलाई अयोग्य ठान्दछन् । उनीहरुमा नकारात्मक विचार बढी आउने गर्दछ । त्यस्तै केही मानिसमा साधारण तनावमा पनि मर्न वा आ‘त्म‘ह‘त्या गर्न मन लाग्छ भने यो डिप्रेसनको लक्षण हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ०२ बजे

हुम्लामा थपिए ९७५ मतदाता

अदानचुली– हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम

ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली

ललितपुर– ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली सुरुवात गरेको छ

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

काठमाडौं– कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो