जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा « Khabarhub

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार श्रीनिवास यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादव सोमबार एमालेमा प्रवेश गरेकाा हुन् । यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल र गुमादेवी आचार्यसहितले स्वागत गरे ।

‘…प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म म श्रीनिवास यादव रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका अधिकांश घरघरमा पनि पुगेको छु’, उनले वक्तव्यमा भनेका छन्, ‘यस क्रममा मतदाताको मनोभावनाको मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्ति रहेको स्वीकार्दै जसपा नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : १३ बजे

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस