सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती « Khabarhub

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ नेपाली सेनाले सिन्धुलीका विभिन्न क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरेको छ।

भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिइएको हो ।

यस प्रकारको मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडकखण्डमा नियमित उपस्थित भएर सुरक्षा निगरानी सुदृढ बनाइरहेका छन्।

सुरक्षा निकायबीच समन्वय कायम गर्दै सञ्चालन गरिएको यस गस्तीले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको अधिकारीहरूले बताएका छन्।

स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रिय उपस्थितिबाट निर्वाचन प्रक्रियाप्रति विश्वास र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।

नेपाली सेनाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, आकस्मिक अवस्थाको प्रतिकार्य तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले यस्तो गस्तीलाई तीव्रता दिइएको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २७ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल