बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा « Khabarhub

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डमा १५ जनाको ज्यान गएको घटनाका मुख्य आरोपी पहिलो पटक सोमबार अदालतमा उपस्थित भएका छन् । 

उपचारपछि अस्पतालबाट रिहा गरिएका २४ वर्षीय नविद अकरमलाई कडा सुरक्षा व्यवस्थाबीच भिडियो माध्यमबाट सुनुवाइमा सहभागी गराइएको हो ।

उनलाई हाल सिड्नीबाट करिब २०० किलोमिटर टाढा रहेको अधिकतम सुरक्षा कारागार गौलबर्न सुधार केन्द्रमा राखिएको छ । त्यहाँबाटै उनी सिड्नीको डाउनिङ केन्द्र स्थानीय अदालतमा भिडियो माध्यमबाट उपस्थित भएका थिए । 

हत्या तथा आतंकवादी कार्यसम्बन्धी गम्भीर अभियोग लगाइए पनि उनले हालसम्म दोषी वा निर्दोषबारे कुनै निवेदन दिएका छैनन् ।

यस पटकको संक्षिप्त सुनुवाइ मुख्यतः ‘मौन आदेश’ लाई निरन्तरता दिने विषयमा केन्द्रित थियो । उक्त आदेशले आफूलाई सार्वजनिक रूपमा चिनाउन नचाहने पीडित र जीवित बचेका व्यक्तिहरूको पहिचान गोप्य राख्ने व्यवस्था गरेको छ । 

प्रतिरक्षा पक्षका वकिलले अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अकरमको स्वास्थ्य अवस्था अपेक्षाअनुसार रहेको र निवेदनबारे धारणा दिन अझै समय रहेको बताएका छन् ।

डिसेम्बर १४ मा समुद्र तटमा आयोजित हनुक्का उत्सवका क्रममा भएको आक्रमणमा अकरम स्वयं घाइते भएका थिए । घटनापछि प्रहरीसँगको गोली हानाहानमा उनका पिता ५० वर्षीय साजिद अकरम मारिएका थिए । अकरम आगामी अप्रिल ९ मा पुनः अदालतमा उपस्थित हुने तय भएको छ ।

यो घटना अस्ट्रेलियामा पछिल्ला २९ वर्षयताको सबैभन्दा भीषण सामूहिक गोलीकाण्ड र हालसम्मकै गम्भीर आतंकवादी आक्रमणमध्ये एकका रूपमा अनुसन्धान भइरहेको छ । प्रहरी अनुसन्धान तीन आधिकारिक छानबिन प्रक्रियामध्ये एक हो । 

अर्को छानबिनले कथित रूपमा इस्लामिक स्टेट समूहबाट प्रेरित भनिएको आक्रमणअघि कानून कार्यान्वयन निकाय र गुप्तचर निकायबीचको समन्वयको समीक्षा गर्नेछ ।

यसका साथै सार्वजनिक अनुसन्धानको सर्वोच्च संरचना मानिने शाही आयोगले यहुदीविरोधी गतिविधिको प्रकृति, त्यसको फैलावट र कारणहरूका साथै बोन्डी गोलीकाण्डको समग्र पृष्ठभूमिको विस्तृत अध्ययन गर्ने अपेक्षा गरिएको छ। घटनाले राष्ट्रिय सुरक्षादेखि सामाजिक सद्भावसम्मका प्रश्नहरू एकैसाथ उठाएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ३ : ३१ बजे

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए