किन मनाइन्छ छठ पर्व, कहिलेदेखि मनाउन थालियो ? « Khabarhub

किन मनाइन्छ छठ पर्व, कहिलेदेखि मनाउन थालियो ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्तिक शुक्ल चर्तुथि तिथि अर्थात बिहिबारबाट छठ पर्वको विधि पूर्वक पूजा कार्यको शुभारम्भ भएको छ । छठ पर्व नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो ।

यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका दिन छठ पर्व मनाउने गरिन्छ । चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ ।

छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ । छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : २९ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही