प्रमोद यादवका हत्यारा पक्रिन माग गर्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

प्रमोद यादवका हत्यारा पक्रिन माग गर्दै काठमाडौंमा प्रदर्शन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका प्रमोद यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर उनका आफन्तहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागी आफन्तजनहरूले हत्यारालाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, मौन सरकार लाज किन, न्यायबिना शान्ति हुँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मृतकका आफन्त दिलीप यादवले क्रिया बिदा सकेर कार्यालयमा कामका लागि मलंगवास्थीत डेरामा फर्किएपछि अज्ञात समूहले हत्या गरेको भन्दै दोषीलाई छिटो पक्रन माग गरे । प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार भएको उनले बताए । 

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि आइतबार राती गोली प्रहार भएको थियो ।

गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ०१ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक