उपनिर्वाचन– नेकपाद्वारा तीन जनाको नाम सिफारिश « Khabarhub

उपनिर्वाचन– नेकपाद्वारा तीन जनाको नाम सिफारिश


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।

सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए ।

यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहनुभएका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुङ्गो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ५७ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका