फेरि पक्राउ परे दुर्गा प्रसाईं « Khabarhub

फेरि पक्राउ परे दुर्गा प्रसाईं


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको हो ।

प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ५६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री