भारतमा नेपाली ‘लुटेराहरु’को ग्याङ, ताला तोड्दै गर्दा ५ जना पक्राउ « Khabarhub

भारतमा नेपाली ‘लुटेराहरु’को ग्याङ, ताला तोड्दै गर्दा ५ जना पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंगलुरु– भारतीय राज्य कर्नाटकको बैंगलुरुमा ५ जना नेपाली पक्राउ परेका छन् ।

एउटा ग्याङ बनाएर सन् २००७ देखि चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जना नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय मंगल सिंह, मनोज बहादुर, सुदीप धामी, विशाल र विनोद कुमार छन् ।

ह्याइटफिल्ड डिभिजन पुलिस कार्यालय बैंगलुरुले शहरमा भएका ५ वटा चोरीका घटनाको अनुसन्धान गर्ने क्रममा ५ जना नेपालीहरु पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेका ५ जना नेपालीहरुको साथबाट ७.५ किलो चाँदी र केही विद्युतीय उपकरण बरामद गरिएको जनाएको छ । बरामद भएको सामग्रीको मूल्य करिब ४ लाख ५० हजार भारतीय रुपैयाँ हुन आउँछ ।

पक्राउ परेकाहरु नेपालको बझाङ जिल्लाका रहेका जनाइएको छ । उनीहरु लामो बिदाको सिजनमा चोरी गर्ने मौका छोपेर नेपालबाट बैंगलुरु पुग्ने गरेको प्रहरीको दावी छ ।

लामो बिदाको समयमा शहरका मानिसहरु गाउँ तथा छुट्टीमा जाँदा उनीहरुले घरमा पसेर चोरी गर्ने गरेको स्थानीय प्रहरीको भनाइ छ ।

उनीहरुले हालैको दशहरा (दशैं) बिदाको समयमा बन्द रहेका घरहरुले टार्गेटमा राखेका थिए ।

स्थानीय प्रहरी अधिकारीले उनीहरु एउटा घरको ताला तोड्दै गरेको अवस्थामा फक्राउ परेका जनाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १० : १० बजे

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन