न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो « Khabarhub

न्यूजील्याण्ड सुपर–८ प्रवेश : क्यानाडालाई ८ विकेटले हरायो


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- न्यूजील्याण्डले टी–२० विश्वपको ३१औँ खेलमा क्यानाडालाई ८ विकेटले पराजित गर्दै सुपर–८ चरणमा प्रवेश गरेको छ।

चेन्नईको चेपक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानाडाले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो। जवाफमा, किवी टोलीले १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

न्यूजील्याण्डका लागि ग्लेन फिलिप्स र रचिन रवीन्द्रले अर्धशतक खेले। फिलिप्सले ३६ बलमा नटआउट ७६ रन बनाए । उनैले ३ क्याच लिए।

उनी यस प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित भए। रचिनले ३९ बलमा नटआउट ५९ रनको पारी खेले। क्यानाडाका लागि साद बिन जफर र दिलोन हेलिगरले १–१ विकेट लिए।

युवराज समराको शतक

क्यानाडाका युवराज समराले ६५ बलमा ११० रन बनाउँदै टी–२० वर्ल्डकप इतिहासमा शतक बनाउने सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका छन्।

१९ वर्षका युवराजले यो कीर्तिमान स्थापित गरे। यसअघि यो रेकर्ड पाकिस्तानका अहमद शहजादसँग थियो, जसले २०१४ मा २२ वर्ष १२७ दिनको उमेरमा बंगलादेशविरुद्ध मीरपुरमा शतक बनाएका थिए।

क्यानाडाका लागि युवराजसँगै कप्तान दिलप्रीत बाजवाले ३६ रन बनाए। युवराज र दिलप्रीतको जोडीले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे।

न्यूजील्याण्डका लागि म्याट हेनरी, ज्याकब डफी, काइल जेमिसन र जिमी नीशमले १–१ विकेट लिए।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल