निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा « Khabarhub

निजी शिक्षामैत्री ऐन ल्याउन पहल गर्ने हिसानको घोषणा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षामैत्री ऐन ल्याउन पहल र दबाब दिने जनाएको छ ।  

हिसानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकार र राजनीतिक नेतृत्वसँग लगानीको सुरक्षाका लागि निजी शिक्षामैत्री ऐन ल्याउन पहल र दबाब दिने जनाएको हो । 

ठूलो लगानी, गुणस्तरीय जनशक्ति उत्पादन, रोजगारीको सृजना, अर्थतन्त्रमा ठूलो योगदानका साथै शिक्षाको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि निजी शिक्षालयहरूले योगदान गरे पनि राज्यको तर्फबाट भने निजी शिक्षालयहरूप्रतिको दृष्टिकोण अझै राम्रो हुन नसकेको हिसानको भनाइ छ ।

हालै काठमाडौंमा सम्पन्न हिसानको नबौँ राष्ट्रिय महाधिवेशनले समेत मुलुककै शिक्षा प्रणालीको सुधार र समय सापेक्ष ऐन, कानुन तथा वातावरण बनाउनुपर्नेमा जोड दिएको हिसानका अध्यक्ष युवराज शर्माले बताए । उनले निजी क्षेत्रको लगानीको सुरक्षाका साथै अव बन्ने ऐनमा समेत राजनीतिक पार्टीहरू गम्भीर हुन नसकेको उल्लेख गरे ।

शर्माले उच्च शिक्षामा राज्यको पकड निकै कम भएको अवस्थाका कारण विद्यार्थीहरू अन्य देशमा जाने गरेकाले स्वदेशमा नै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी राज्यले नीति बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै हिसानले आगामी दिनमा शिक्षाको गुणस्तर सुधारका लागि तीन तहका सरकार लगायत सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने, प्रविधि, नवप्रवर्तन, अध्ययन तथा अनुसन्धानात्मक कार्यहरू गर्ने, खेलकुद, अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्व कार्यहरूलाई अघि बढाउने जनाएको छ । 
 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : ३१ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै