बग्दादी मारिएको भिडियो सार्वजनिक | Khabarhub Khabarhub

बग्दादी मारिएको भिडियो सार्वजनिक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो सार्वजनिक गरेको छ ।

अमेरिकाको विशेष सुरक्षा बलले शनिबार सिरियामा गरेको अपरेशनका दौरान बग्दादी मारिएका थिए ।

अमेरिकी सुरक्षा विभाग (पेन्टागन)ले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो र तस्वीर सार्वजनिक गरेको हो ।

सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले बुधबार पत्रकार सम्मेलन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशनको तस्वीर र भिडियो सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

सेन्ट्रल कमाण्डको ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरिएको भिडियो भने मात्र १० सेकेन्डको छ । उक्त भिडियोमा सुरक्षाकर्मीहरुले बग्दादी रहेको कम्पाउण्डलाई बाहिरबाट घेरा हाल्न लागेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ०३ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम