प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण « Khabarhub

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

मंगलबार पार्टी उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईँलाई रिहा गर्न ध्यानाकर्षण गराएको हो ।

मौलिक अधिकारको प्रयोग गर्दा पटक पटक पक्राउ गर्ने काम उचित नभएको र यसले निर्वाचनमा नै असर पर्ने भएकाले रिहा गर्न माग गर्दै ध्यानाकर्षण गराइएको राप्रपाका नेता निरञ्जन थापाले बताए ।

राप्रपाका नेताहरूसँगको भेटमा गृहमन्त्री अर्यालले निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरिएको जानकारी दिएका थिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : २७ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका