नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप « Khabarhub

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ ।

नेकपाका उम्मेदवार राजुप्रसाद हरिजनमाथि रास्वपाका कार्यकर्ताले कुटेको आरोप छ । उम्मेदवार हरिजनले चुनाव प्रचारप्रसार गरिरहेका ठाउँमा पुगेका रास्वपाका कार्यकर्ताले उम्मेदवार उनीसहित उनका समर्थकमाथि कुटपिटसमेत गरेको बताइएको ।

कुटपिटबाट माओवादीका उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् ।

‘म गाडीमाथि बसेर भाषण गरिरहेको थिए । सडक छेउमा रहेका रास्वपाका कार्यकर्ताको बीचबाट आएका ५÷६ जनाले घण्टीको एरियामा आएर प्रचारप्रसार किन गरेको ?,’ उनले भने, ‘भन्दै साथीहरुलाई कुटपिट गरे । छुट्टाउन जाँदा ममाथिसमेत निर्घात कुटपिट गरे ।’

कुटपिटबाट उनको टाउको र अनुहारमा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ५९ बजे

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत