कपिलवस्तुमा हिन्दू र मुस्लिम समूदायबीच तनाव, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी « Khabarhub

कपिलवस्तुमा हिन्दू र मुस्लिम समूदायबीच तनाव, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा ल्याउन बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी भएको जानकारी दिए ।

‘तनावको स्थिति सिर्जना भएपछि नियन्त्रणमा ल्याउन कर्फ्यु आदेश जारी भएको हो,’ राणाले खबरहबसँग भने, ‘प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ३७ बजे

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले