हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन « Khabarhub

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।

चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार २७ रुपैयाँ संकलन भएको छ ।

यसैगरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त तीन करोड दुई लाख २३ हजार असुली भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ११ : ०५ बजे

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा