प्रधानमन्त्रीको दोस्रोपटक डायलाइसिस गरियो, तेस्रो पटक पनि गर्ने तयारी | Khabarhub Khabarhub

प्रधानमन्त्रीको दोस्रोपटक डायलाइसिस गरियो, तेस्रो पटक पनि गर्ने तयारी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ ।

ग्राण्डी अस्पतालमा विहीवार(आज) विहान ११ बजेबाट प्रधानमन्त्री ओलीको डायलाइसिस शुरु गरिएको अस्पताल श्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीको पुनः भोलि(शुक्रवार) तेस्रोपटक डायलाइसिस गर्ने तयारी गरिएकाले उनी केही दिन अस्पतालमै रहेन श्रोतको भनाइ छ ।

चिकित्सकहरुका अनुसार हप्तामा तीनपटक डायलाइसीस गर्न मिल्छ ।

हिजो धापासीस्थित ग्राण्डी अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखेर डायलाइसिस गरिएको थियो ।

पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गरिएको हो ।

श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले खबरहबलाई जानकारी दियो ।

‘डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ,’ श्रोतले खबरहबसँग भन्यो,‘मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।’

१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

मिर्गौला रोग विशेषज्ञ प्राडा प्रमोद क्षेत्री दुई चारपटक डायलाइसिस गर्दा पनि मिर्गौलाले राम्रोसँग कम गरेन भने प्रत्यारोपणको विकल्प नभएको बताउँछन् ।

‘दुईरचार पटक डायलाइसिस गर्दा पनि रिकभर भएन, किड्नीले यथेष्ट काम गरेन, क्रेटिना फालिरह्यो भने प्रत्यारोपण बाहेक अर्को विकल्प छैन’ डा क्षेत्रीले भने,‘प्रत्यारोपण गर्ने पर्ने हुन्छ । तर कुनै कुनै घटनाहरुमा दुईरचार पटक डायलाइसिस गरेपछि किड्नीले काम पनि गर्न सक्छ । त्यसो भयो भने प्रत्यारोपण गर्नुपर्दैन ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : २६ बजे

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को