थाइल्याण्डमा लगातार तेश्रो हारपछि स्वदेश फर्कियो महिला क्रिकेट टोली « Khabarhub

थाइल्याण्डमा लगातार तेश्रो हारपछि स्वदेश फर्कियो महिला क्रिकेट टोली


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।  

लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो ।

स्वदेश फर्किएपछि राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले प्रतियोगितामा जित हासिल गर्न असफल भएपनि ठूलो अनूभव प्राप्त भएको बताइन् ।

प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रयास गरेको र ठूला टिमलाई टक्कर दिन सफल भएको उनले बताइन् । 

नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सहित थाइल्याण्ड पठाइएको थियो । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५८ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका