थाइल्याण्डमा लगातार तेश्रो हारपछि स्वदेश फर्कियो महिला क्रिकेट टोली « Khabarhub

थाइल्याण्डमा लगातार तेश्रो हारपछि स्वदेश फर्कियो महिला क्रिकेट टोली


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।  

लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो ।

स्वदेश फर्किएपछि राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले प्रतियोगितामा जित हासिल गर्न असफल भएपनि ठूलो अनूभव प्राप्त भएको बताइन् ।

प्रतियोगितामा नेपाली टोलीले राम्रो प्रयास गरेको र ठूला टिमलाई टक्कर दिन सफल भएको उनले बताइन् । 

नेपाली टोलीकी कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी सहित थाइल्याण्ड पठाइएको थियो । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट