प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेताहरु, भेट्न भने पाएनन् « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेताहरु, भेट्न भने पाएनन्


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न उनी उपचाररत ग्राण्डी अस्पताल पुगेका हुन् ।

स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् ।

नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डायलासिस हुँदै छ । चिकित्सकहरुले डायलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकहरुसँगै उहाँको स्वास्थ्य अवस्था बुझ्यौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १ : २६ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका