आफ्नो जीवनसाथीको फोन लुकी–लुकी हेर्ने तीव्र इच्छा किन हुन्छ ? | Khabarhub Khabarhub

आफ्नो जीवनसाथीको फोन लुकी–लुकी हेर्ने तीव्र इच्छा किन हुन्छ ?


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो जीवनसाथीको मोबाइल फोनमा जासूसी गर्ने बानी सामान्य हो । यसमा पनि सबैभन्दा बढी यस्तो बानी महिलामा हुन्छ ।

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया र युनिभर्सिटी अफ लिस्बनको एक संयुक्त अध्ययनले अधिकांश मानिसले आफ्ना साथी तथा जीवनसाथीको फोन चेक गर्ने गरेको पत्ता लागेको छ ।

यसो गर्नुको पछाडि मुख्य रुपमा जलन हुनु देखिएको छ । साथै आफ्नो जीवनसाथीसँग दोस्रो व्यक्तिको सम्बन्ध विस्तार नहोस् भन्ने चाहनाका कारण यसो गर्ने गरेको देखिएको छ ।

अध्ययनले के देखाएको छ भने अधिकांश मानिसलाई आफ्ना साथी, प्रेमी, जीवनसाथीले फोन चेक गर्नलाई अनेक रुपमा निहुँ खोजे पनि घुर्की लाए पनि उनीहरु त्यस्तो कुरालाई इन्कार गर्न सक्दैनन् ।

सुरुमा फोन चेक गर्न नदिएजस्तो गरेपनि त्यसो नगर्न उनीहरुले आफ्ना प्रेमी तथा जीवनसाथीलाई रोक्दैनन् । यद्यपि, केही मानिस भने यस्तो कुरालाई मन पराउँदैनन् । आफ्नो फोन अरुलाई चेक गर्न नदिएकै कारण उनीहरुको सम्बन्ध टुट्ने पनि सक्छ ।

४५ प्रतिशत सम्बन्ध टुट्छन्, ५५ प्रतिशतले गर्छन् सम्झौता

यो अध्ययन सानो रुपमा गरिएको थियो । यद्यपिले यसबाट प्राप्त नतिजाले भने सबैलाई चकित पारेको थियो । अध्ययनमा १०२ जना मानिसलाई सहभागी गराइएको थियो ।

उनीहरुलाई आफ्नो जीवनसाथीले अथवा आफूले फोनमा निगरानी राखेको घटना भन्न लगाइएको थियो । यसका साथै अर्को कुरा पनि भन्न लगाइएको थियो कि, आफ्नो जीवनसाथीको अनुमति बिना नै फोन चेक गर्ने तथा हेर्ने गर्दा सम्बन्ध कस्तो भयो ?

यो अध्ययनमा करिब ४५ प्रतिशत मानिसले सम्बन्ध टुटेको बताए भने ५५ प्रतिशतले चाहिँ फोनमा जासूसी गरेपछि पनि सम्बन्ध कायमै रहेको बताएका थिए ।

फोन चेक गर्ने कार्यलाई बानी नबनाउनुहोस्

जीवनसाथीलाई जानकारी नदिई उनको फोनमाथि निगरानी राख्दै जाने हो भने समयक्रम बित्दै जाँदा बानीमा परिणत हुन सक्छ । यदि तपाईंमा यो बानी बढ्दै गएमा, नियन्त्रणभन्दा बाहिर गएमा यसले थप ग्रसित बनाउने छ ।

मनमा जीवनसाथीको हरेक पाइला – पाइला बारेमा जानकारी राख्ने तीव्र इच्छा हुन थाल्दछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : १९ बजे

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा