विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा « Khabarhub

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ‘सुपर ८’ चरणको समीकरण पूरा भएको छ । बुधबार सम्पन्न खेलमा नामिबियामाथि जित निकाल्दै पाकिस्तानले सुपर ८ को टिकट सुरक्षित गरेपछि दोस्रो चरणको समीकरण पूर्ण भएको हो ।

समूह ‘ए’ बाट आयोजक भारत र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन् भने अमेरिका, नेदरल्याण्ड्स र नामिबिया समूह चरणमै प्रतियोगिताबाट बाहिरिएका छन् ।

यस्तै समूह ‘बी’ मा श्रीलंका र जिम्बाब्बे शीर्ष दुई स्थानमा रहँदै अघिल्लो चरणमा पुगेका छन् । यस समूहका अस्ट्रेलिया, आयरल्याण्ड र ओमान भने सुपर ८ पुग्न असफल भएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्टइन्डिजले दोस्रो चरणको यात्रा तय गर्दा इटाली, स्कटल्याण्ड र नेपाल समूह चरणमै बाहिरिएका छन् ।

त्यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रीका र न्यूजिल्याण्डले सुपर ८ मा स्थान बनाएका छन् भने अफगानिस्तान, यूएई र क्यानडा प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो विश्वकपमाकुनै पनि एसोसियट राष्ट्रले दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।

सुपर ८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन् । यता समूह २ मा पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलंका परेका छन् । सुपर ८ मा कुल १२ वटा खेल हुने छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ४३ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका