विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली « Khabarhub

विश्वपमा आज तीन खेल : पहिलो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै इटाली


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्। पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ।

यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ। इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ।

दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ।

बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ६ : ५७ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले