ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउँने « Khabarhub

ट्वीटरले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउँने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल ट्वीटरले विश्वभर नै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने भएको छ । उसले आफूलाई राजनीतिक विज्ञापन गर्ने थलो बन्न नदिने निर्णय गरेको हो ।

माइक्रो ब्लगिङ साइट ट्वीटरको यो निर्णय आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफै ट्वीट गर्दै यसबारे जानकारी सार्वजनिक गरेका हुन् । उनले राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउनुका केही कारण पनि पेस गरेका छन् ।

राजनीतिक सन्देश मानिसहरुमा पुग्न आवश्यक रहेको उल्लेख गर्दै उनले तर यसलाई खरिद गर्न भने नहुने तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘इन्टरनेबाट हुने विज्ञापन अत्यन्तै शक्तिशाली र प्रभावकारी हुन्छ । यो व्यावासका लागि ठीकै हो तर राजनीतिमा भने ठूलो जोखिन निम्त्याउन सक्छ ।’

यसको विपरित अर्को सामाजिक सञ्जाल फेसबुकले भने यसअघि नै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध नलगाउने घोषणा गरिसकेको छ ।
व्यवसायिक रुपमा इन्टरनेटबाट हुने विज्ञापन अत्यन्तै शक्तिशाली र प्रभावकारी हुने भएपनि यो शक्तिले राजनीतिमा महत्वपूर्ण जोखिम निम्त्याउने सीईओ डोर्सीले भनेका छन् ।

ट्वीटरको यो निर्णयले अमेरिकी राजनीतिमा भने तरंग ल्याएको छ । सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै राजनीतिज्ञदेखि सर्वसाधारण मानिसहरु पक्ष–विपक्षमा विभाजित भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी प्रचारका म्यानेजर ब्रेड पास्कलले ट्रम्प र कन्जरभेटिब्स पार्टीलाई कमजोर बनाउने प्रयास अनुसार यस्तो निर्णय आएको आरोप लगाएका छन् ।

उता राष्ट्रपति निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनका प्रवक्ता बिल रुसोले भने यसबाट लोकतन्त्रको जीत हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ०४ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका