प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगे प्रचण्ड


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ग्राण्डी अस्पताल पुगेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आइपुगेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ ।

बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ ।

केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस जारी रहेका कारण श्रेष्ठ र रावलले भने उनलाई भेट्न पाएनन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डाइलासिस हुँदै छ । चिकित्सकहरुले डाइलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकसँगै उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्यौं ।’

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ०८ बजे

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन