‘भीआईपी जुवाडे’विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप « Khabarhub

‘भीआईपी जुवाडे’विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ ।

गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख (डिएसपी) उमेश लम्सालले जानकारी दिए ।

आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले अबथ प २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

जुवाखालबाट पक्राउ परेकामध्ये १४ जनाले भने सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चमा बिहीबार पनि सुनुवाई जारी छ ।

प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज (पिपलमार्ग)बाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  २ : ४९ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।