नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई  « Khabarhub

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनालले आफ्नो वाचापत्र सबैभन्दा पहिले आमामार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आमाको हातमा वाचापत्र सुम्पिएको उल्लेख गरेका छन् । 

उनले आमासँग गरिएको वाचाले आफूलाई राजनीतिमा पनि उत्तरदायी हुन अभिप्रेरित गर्ने बताएका छन् । साथै, उनले भुइँ मान्छेको पीडा र अधिकारको लागि कुरुक्षेत्रमा उभिएको कारण कुनै आमसभा, मञ्च वा प्रदर्शन नगरी वाचापत्र आमाको हातमा सुम्पिएर आर्शिवाद लिएको उल्लेख गरेका छन् ।

२६ वर्षीय मनिष कानूका विद्यार्थी हुन् । त्यसैगरी उनले सांसद्को सचिवालयमा बसेर काम गरेका छन् । कानुनी, नीतिगत र जनजीवनसँग गाँसिएका विषयहरू उनले आफ्ना मुद्दा बनाएको घोषणा गरेका छन् । त्यस्तै घोषणा कागजमा मात्रै सीमित नराखी हरेक घरको आँगन, युवाको सपना, आमाको आशा र किसानको पसिनासँग जोडिने प्रतिबद्धता जाहेर गरेका छन् । 

उनले लेखेका छन्, ‘आमाले सधैं सिकाउनुभयो ‘जे गर इमानले गर, जे बोल सत्य बोल’ । 

आज म उम्मेदवारको रूपमा उभिँदा यो पहिलो प्रतिबद्धता जनता भन्दा अघि मेरी आमालाई दिन चाहन्छु । किनकि जसले मलाई सत्य, परिश्रम र उत्तरदायित्व सिकाउनुभयो । उहाँकै अगाडि म झुटो हुन सक्दिनँ । यसले मेरो संस्कार, मेरो प्रतिबद्धता र हाम्रो पुस्ताको जिम्मेवारीको याद दिलाइरहनेछ ।

म यो राजनीतिमा कुनै भव्य सभा, ठूलो मञ्च, तालिको गडगडाहट र आडम्बरपूर्ण प्रदर्शनको आकर्षणमा आएको होइन । म त भुइँमान्छेको पीडा, आशा र अधिकारका मुद्दा बोकेर यो कुरुक्षेत्रमा उभिएको हुँ । 

आज, कुनै औपचारिक समारोह नगरी, कुनै भीडभाडको साक्षी नबनाई, मैले मेरो वाचापत्र सर्वप्रथम मेरी परम पूजनीय आमाको हातमा सुम्पिएको छु । उहाँका जीवनभरका संघर्ष, त्याग र मौन प्रार्थनाले मलाई यहाँसम्म ल्याएको छ । उहाँका हातमा यो बाँचापत्र राख्दा मैले एउटा राजनीतिक दस्तावेज मात्र सुम्पिएको होइन । मेरो आस्था, मेरो प्रण र मेरो भविष्य उहाँकै आशिर्वादमा अर्पण गरेको छु । 

आजकै दिनदेखि यही क्षणदेखि मेरो बाँचापत्र सार्वजनिक भएको घोषणा गर्दछु । यसमा लेखिएका र नलेखिएका दुवै प्रकारका नवलपुर २ का सम्पूर्ण कानुनी, नीतिगत र जनजीवनसँग गाँसिएका विषयहरू मेरा मुद्दा हुन् । यी शब्दहरू कागजमा सीमित रहने छैनन् । ती हरेक घरको आँगन हरेक युवाको सपना हरेक आमाको आशा र हरेक किसानको पसिनासँग जोडिनेछन् । 

म यी बाँचाहरूलाई बोल्ने मात्र छैन । बाँच्नेछु । म तपाईंहरूसँग कुनै आडम्बरको समर्थन माग्दिन । म त केवल विश्वासको मत माग्छु । त्यो मत जसले मलाई अझ जिम्मेवार बनाओस् । त्यो मत जसले हामीलाई साझा सपनातर्फ अघि बढाओस् । हामी यो वाचापत्र नवलपुर–२ का सबै घरघरमा पुर्‍याउने प्रयास गर्नेछौं ।’ 

२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ११ : ४१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख