बेलायती पूर्वराजकुमार एण्ड्रियू रिहा « Khabarhub

बेलायती पूर्वराजकुमार एण्ड्रियू रिहा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा पक्राउ परेका बेलायती पूर्वराजकुमार एण्ड्रियू माउन्टबेटन विन्जर रिहा भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान पक्राउ परेका उनी केही घण्टा आइलशामस्थित प्रहरी हिरासत बसेर रिहा भएका हुन् ।

उनलाई टेम्स भ्याली प्रहरीले आवश्यक सोधपुछ गरेर छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ । बेलायती राजगद्दीका आठौँ उत्तराधिकारी एण्ड्रियूको गिरफ्तारीलाई आधुनिक बेलायती राजतन्त्रकै अभूतपूर्व घटना मानिएको छ ।

टेम्स भ्याली प्रहरीले ‘पक्राउ परेका व्यक्ति अनुसन्धानका क्रममा रिहा भएको’ जानकारी दिएको छ । उनी कुख्यात बाल यौन दुराचारी जेफ्री एपस्टिनसँग मुछिएपछि बदनाम भएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ४८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो