प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन् ।

उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको बताएका छन् ।

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँचका क्रममा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अस्पतालमा रहँदा दुई पटक मिर्गौंलाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । बिहीबार अपराह्न पत्रकार सम्मेलन गरी अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको थियो ।

अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य जाँचबारे कुनै पनि जानकारी नदिएको अस्पतालले बुधबार बेलुका प्रेस नोट जारी गर्दै आजसम्ममा डिस्चार्ज गर्ने जानकारी दिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौंलामा समस्या देखिएपछि डायलाइसिस गर्न समय लागेका कारण हिजो अस्पतालमै राखिएको थियो । अझै पनि अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच बारेको वास्तविकता खुलाएको छैन ।

बिहीबार साँझ प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गर्दै अस्पतालले केही गोपनियताका कारण स्वास्थ्य जाँचबारे सबैकुरा सार्वजनिक गर्न नमिल्ने जनाएको थियो ।

प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिन घटाउन हेमोडायलाइसिस गरिएको विषयमा उनले जानकारी दिए पनि क्रियाटिनिनको मात्रा कति छ भन्ने विषयमा खुलाएनन् ।

ओलीको मिर्गौलामा समस्या देखिएपछि अब सातामा दुई पटक डायलाइसिस गरिनुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार मिर्गौंला प्रत्यारोपण सम्भव नहुँदासम्म हप्तामा दुईपटक डायलासिस गरिने छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न विहीबार मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल नेकपा नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायत अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली हिजो (बुधबार) बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका थि‍ए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : १३ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले