एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ « Khabarhub

एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङको तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा रहेको नेकपा एमालेको चुनाव चिह्न अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

दाङ प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर– ४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर– ६ गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन् ।

प्रहरीले यसअघि सोही ठाउँका बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको र पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही फागुन ७ गते राति साढे ९ बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नारा लगाउँदै वीरेन्द्रचोकमा सहभागी भएकाहरूले एमालेको चुनाव चिह्न अङ्कित झण्डा जलाएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ३७ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री