रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक « Khabarhub

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ। सूचनाअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने, प्रदर्शन तथा उक्साहटपूर्ण गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र गौर नगरपालिका–६ अन्तर्गतका संवेदनशील स्थानहरू रहेको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न सहयोग गर्न र अफवाहमा नलाग्न आग्रह गरेको छ। क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १ : १० बजे

युक्रेनी सीपमा युरोपको लगानी

एजेन्सी– रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा