खनिज सहकार्यतर्फ भारत–ब्राजिल « Khabarhub

खनिज सहकार्यतर्फ भारत–ब्राजिल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार नयाँदिल्लीमा भेटवार्ता गर्दै छन्। दुर्लभ खनिज तत्वमा चीनको प्रभाव घटाउने रणनीतिका बीच दुई देशबीच खनिज सहकार्यलाई प्राथमिकता दिइएको हो ।

ब्राजिलसँग विश्वको दोस्रो ठूलो दुर्लभ पृथ्वी (खनिज)भण्डार  रहेको छ । यी तत्त्वहरू विद्युतीय सवारी, सौर्य प्यानल, स्मार्टफोन, जेट इन्जिनदेखि निर्देशित मिसाइलसम्मका प्रविधिमा प्रयोग हुन्छन् । 

चीनमाथिको निर्भरता घटाउन भारतले नयाँ आपूर्तिकर्ता खोज्दै घरेलु उत्पादन र पुनर्चक्रण विस्तार गरिरहेको छ । यसै सन्दर्भमा दुवै नेताबीच महत्त्वपूर्ण खनिजसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

एक दर्जनभन्दा बढी मन्त्री र व्यवसायिक प्रतिनिधिसहित लुला बुधबार नयाँदिल्लीमा विश्वव्यापी शिखर सम्मेलनका लागि आइपुगेका थिए । शनिबारको भेटमा व्यापार विस्तार, आपूर्ति शृङ्खला विविधीकरण र प्रविधिगत सहकार्यबारे छलफल हुने अधिकारीहरूले जनाएका छन् ।

सन् २०२५ मा १५ अर्ब डलर बराबरको द्विपक्षीय व्यापारसहित भारत ब्राजिलको निर्यातका लागि दशौँ ठूलो बजार बनेको छ । दुवै देशले सन् २०३० सम्म व्यापार २० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएका छन् । ल्याटिन अमेरिकामा ब्राजिल भारतको सबैभन्दा ठूलो साझेदार हो । 

भारतमा ब्राजिलका प्रमुख निर्यात वस्तुमा चिनी, कच्चा तेल, वनस्पति तेल, कपास र फलामको आवश्यक पर्छन् । तीमध्ये फलामको माग भारतको तीव्र पूर्वाधार विस्तार र औद्योगिक वृद्धिले बढाएको छ ।

दिल्लीस्थित काउन्सिल अन एनर्जी, इन्भाइरनमेन्ट एन्ड वाटरका विज्ञ ऋषभ जैनका अनुसार ब्राजिलसँगको सहकार्यले संयुक्त राज्य अमेरिका, फ्रान्स र युरोपेली सङ्घ ९इयु० सँग भारतले अघि बढाएको आपूर्ति शृङ्खला पहललाई पूरक बनाउनेछ । उनले विश्वव्यापी ग्लोबल साउथका गठबन्धनहरू स्थलगत स्रोतको पहुँच सुरक्षित गर्न र व्यापारका उदीयमान नियम आकार दिन महत्त्वपूर्ण हुने बताएका छन् ।

सन् २०२५ मा अमेरिकी शुल्कले दुवै देश प्रभावित भएपछि मोदी र लुलाले बहुपक्षीय व्यापार प्रणालीमाथिको दबाब र विश्वव्यापी आर्थिक अवरोधबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ । वासिङ्टनले हालै घोषणा गरिएको सम्झौताअनुसार भारतीय सामानमा लगाइएका केही शुल्क फिर्ता लिने वाचा गरेको छ ।

ब्राजिलका कूटनीतिज्ञ सुसान क्लेब्याङ्कले दुई नेताबीच बहुपक्षवाद र अन्तर्राष्ट्रिय व्यापारका चुनौतीबारे विचार आदानप्रदान हुने बताए । यसैबीच, एम्ब्रेयर र अडानी समूहले भारतमा विमान निर्माण गर्ने योजना सार्वजनिक गरेपछि ब्राजिलका कम्पनीहरूको उपस्थिति पनि विस्तार हुँदै गएको छ ।

लुलाले बिहीबार दिल्लीमा आयोजित एआई इम्प्याक्ट शिखर सम्मेलनमा कृत्रिम बौद्धिकताका लागि समावेशी र बहुपक्षीय विश्वव्यापी शासन ढाँचाको आवश्यकता औँल्याएका थिए। 

उनले त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग भेट गर्न र व्यापारिक कार्यक्रममा सहभागी हुन सियोल प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : ०२ बजे

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन

रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले