लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु « Khabarhub

लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागूऔषध तस्करी गर्नेहरू विरुद्ध आक्रमण सुरु गरेको जनाउँदै आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ । 

संयुक्त टास्क फोर्स साउदर्न स्पियरले आतंकवादी संगठनहरूद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जनाइएको छ भने  युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समार्फत कारबाहीका क्रममा  नार्को–तस्करी मार्गमा तीन जना  नार्को–आतंकवादी मारिएको पुष्टि गरेको छ ।

पोस्टमा आक्रमणको भिडियो समावेश गरिएको थियो भने यसमा बम प्रहार र आगो लाग्नुअघि डुङ्गाको हवाई दृश्य देखाइएको थियो ।

संयुक्त राज्य अमेरिकाले सेप्टेम्बरको सुरुमा कथित तस्करी डुङ्गाहरूलाई लक्षित आक्रमण सुरु गरेपछि १५० जनाको मृत्यु हुनुका साथै दर्जनौँ जहाज नष्ट भएको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले अवैध गतिविधिको निश्चित प्रमाण विना निरन्तर आक्रमण गरेको भन्दै कानूनविदहरूले मृत्युका अतिरिक्त अन्य कारवाही गर्ने सकिने विचार व्यक्त गरेका छन् ।

आक्रमण लागूऔषध तस्करी विरुद्ध लड्न अत्यावश्यक रहेकोमा जोड दिँदै ट्रम्प प्रशासनले उनीहरुको मृत्यु अभियानको एक हिस्सा भएकोका जनाएको छ ।

अमेरिकाले दक्षिण अमेरिकाको तटमा सेना पनि तैनाथ गरी तेल ट्यांकरहरूसमेत कब्जा गरेको जनाइएको छ भने भेनेजुएलाका वामपन्थी नेता निकोलस मादुरोलाई कब्जा गर्ने आश्चर्यजनक छापा मारेको छ ।

मादुरो लागूऔषध र हतियारको आरोपमा मुद्दाको पर्खाइमा अमेरिकामा जेलमा छन्भने  आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक