युक्रेनी सीपमा युरोपको लगानी « Khabarhub

युक्रेनी सीपमा युरोपको लगानी


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली राष्ट्रले सस्तो र प्रभावकारी ड्रोन रक्षा प्रणाली विकास गर्न संयुक्त पहल अघि सारेका छन् । 

फ्रान्स, पोल्यान्ड, जर्मनी, बेलायत र इटाली सम्मिलित ‘इ ५’ समूहले युक्रेनको युद्धमैदानमा विकसित अनुभव र प्रविधि उपयोग गर्दै कम लागतका हवाई प्रतिरक्षा प्रणाली र स्वायत्त ड्रोन उत्पादनमा लगानी गर्ने घोषणा गरेका छन् ।

यस पहलको लक्ष्य युरोपेली हवाई क्षेत्र उल्लङ्घन गर्ने ड्रोनहरूलाई छिटो पत्ता लगाउने, ट्रयाक गर्ने र निष्क्रिय पार्ने क्षमता विकास गर्नु हो । युरोपेली देशहरूले पछिल्ला वर्षहरूमा सीमाक्षेत्र र विमानस्थल वरिपरि शंकास्पद ड्रोन गतिविधि देखेपछि सुरक्षा संरचना बलियो बनाउने प्रयास तीव्र पारेका छन् । केही घटनाका लागि रुसलाई दोष लगाइएको भए पनि मस्कोले संलग्नता अस्वीकार गर्दै आएको छ ।

युद्धलाई ‘प्रयोगशाला’ का रूपमा प्रयोग गर्दै रुस र युक्रेन दुवैले अत्याधुनिक ड्रोन युद्ध क्षमता विकास गरेका छन् । पोल्यान्डले यसअघि नै युक्रेनसँग संयुक्त तालिम र उत्पादन परियोजनामा सहकार्य गरिरहेको छ । 

अब ‘लो–कोस्ट इफेक्टर्स एन्ड अटोनोमस प्लेटफर्म’ (एलइएपी) नाम दिइएको कार्यक्रममा ड्रोन–आधारित आक्रमण क्षमता विकास, कम लागतमा उत्पादन तथा संयुक्त खरिदमा सहमति गरिएको पोल्यान्डका रक्षामन्त्री भ्लाडिस्लाभ कोसिनियाक–कामिजले बताए। उनका अनुसार कृत्रिम बौद्धिकता (एआई) सहितका लडाकु पेलोड विकासमा समेत साझेदारी हुनेछ ।

बेलायतका रक्षा तयारी तथा उद्योगमन्त्री ल्युक पोलार्डले नाटोको सुरक्षा कवच सुदृढ बनाउन नयाँ पुस्ताका हवाई प्रतिरक्षा र स्वायत्त प्रणालीमा लगानी आवश्यक रहेको बताए। उनले कम लागतका ड्रोन र मिसाइलविरुद्ध महँगा लडाकु जेट प्रयोग गर्नु दिगो समाधान नभएको उल्लेख गर्दै ‘खतराको लागत र प्रतिरक्षाको लागतबीच सन्तुलन मिलाउनुपर्ने’ धारणा राखे।

सेप्टेम्बर २०२५ मा रूसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गर्दा तिनलाई रोक्न करोडौँ डलर मूल्यका जेट प्रयोग गरिएको थियो भने ती ड्रोनको लागत तुलनात्मक रूपमा निकै कम थियो । त्यस्ता अवस्थालाई ध्यानमा राख्दै सस्तो काइनेटिक वा इलेक्ट्रोनिक प्रतिरोध प्रणाली विकासमा जोड दिइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो र युरोपेली रक्षा खर्चबारे गरेको आलोचनापछि युरोपेली मुलुकहरू आफ्नै सुरक्षा संरचना मजबुत बनाउन थप सक्रिय भएका छन् । युरोपेली सङ्घ (ईयु) ले रक्षा क्षेत्रमा लगानी बढाएको छ र गहिरा सैन्य सहकार्यबारे खुला छलफल सुरु गरेको छ ।

इयुकी विदेश नीति प्रमुख काजा कल्लासले रुसको आक्रामकता, मध्यपूर्वको अस्थिरता, चीनसँगको प्रतिस्पर्धा र अमेरिकासँग पुनर्परिभाषित सम्बन्धलाई उद्धृत गर्दै ‘युरोपको सुरक्षा दशकौँयताकै सबैभन्दा अनिश्चित अवस्थामा’ रहेको बताए। उनले कम लागतको इन्टरसेप्टर कार्यक्रमलाई युरोपेली प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो र बलियो युरोपले नाटोलाई समेत सुदृढ बनाउने धारणा राखे।

यद्यपि ३२ सदस्यीय नाटो गठबन्धन ट्रम्प प्रशासनसँगका तनावका कारण दबाबमा छ । डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी अभिव्यक्ति र अफगानिस्तानमा नाटो सहयोगी सेनाबारे टिप्पणीले सम्बन्धमा चिसोपना ल्याएको थियो । 

हाल तनाव केही कम भए पनि आन्तरिक मतभेदले विश्वकै सबैभन्दा ठूलो सुरक्षा गठबन्धनको एकीकृत क्षमतामाथि प्रश्न उठाइरहेको छ ।

यस्तो परिवेशमा युरोपेली राष्ट्रहरू युद्धबाट प्राप्त युक्रेनी अनुभवलाई आत्मसात् गर्दै सस्तो तर प्रभावकारी सुरक्षा संरचना निर्माणतर्फ अघि बढेका छन् ।
 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ४ : ४९ बजे

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि