इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित) | Khabarhub Khabarhub

इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (सूची सहित)


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डको एमसीसीविरुद्ध तीन वटा फर्म्याटमा क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले टी–२० , एकदिवसीय र फस्टक्लास गरी तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोली घोषणा गरेको हो ।

कार्तिक २० गतेदेखि प्रतियोगिता शुरु हुनेछ । नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्का एकदिवसीय खेल मात्रै खेल्ने भएका छन् ।

टी–२० मा कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक अधिकांश युवा खेलाडी टोलीमा परेका छन् । त्यस्तै, एकदिवसीय टोलीमा वसन्त रेग्मी शरद भेषावकर र पारस खड्कासहितका अनुभवी खेलाडी टोलीमा छन् ।

तीन वटै फरम्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरिएको हो । २३ जना खेलाडीले तीन वटा फरम्याटको प्रतियोगिता खेल्दै छन् । तीन वटै फरम्याटमा खेल्ने खेलाडीको संख्या भने ८ रहेको छ ।

तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् ।

खेल तालिका 

नोभेम्बर ३- नेपाल-यू १९ भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ४- नेपाल-  भीएस एमसीसी (५० ‌ओभर)

नोभेम्बर ६-८ – नेपाल-यू  भीएस एमसीसी ( ३ दिवसीय म्याच- फर्ट क्लास)

नोभेम्बर ९- मिक्स नेपाल/ यू-१९ टोली  भीएस एमसीसी (टी-२०)

खेलाडीहरुको सूची यस्तो छ

 

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ६ : ५० बजे

लस एन्जलसमा कर्फ्यू घोषणा

एजेन्सी– लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा

एमाले र ओलीमाथि अनावश्यक घेराबन्दी भयो, प्रतिवाद गर्नुपर्छ : भट्ट 

धनगढी– नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

काठमाडौं- समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको

एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा

खाँदबारी– यहाँको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा

भिजिट भिसा प्रकरण छानबिनमा कांग्रेस तयार भएन, विपक्षीको नाराबाजीले संसद् बिहीबारसम्मलाई स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक फेरि अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूको