झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली « Khabarhub

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् ।

झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आज झापाको भद्रपुरमा ३ नं. क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको ओलीले बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाएने बताउदै ओलीले रास्वपाबाट अपराधिक काम भएको बताएका हुन् ।

सूर्य अंकित झण्डा एमालेको आन्दोलनको प्रतिक भएको भन्दै आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई नभएको उनले बताए । यस्तो अपमानपूर्ण काम स्वीकार्य नभएको उनको भनाइ छ ।

रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको ओलीले आरोप लगाए । रास्वपाले चुनाव नजित्ने भएपछि यो तहको हर्कतमा उत्रिएको ओलीको दाबी छ ।

ओलीले भने, ‘झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता स्पष्ट बनाएको छ । दाङमा झण्डा जलाएको घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको छ ।’

झापा क्षेत्र नं. ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ३८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका