विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे « Khabarhub

विश्वकपः सुपर-८ को पहिलो खेल वर्षाले अवरुद्ध हुँदा पाकिस्तान र न्युजिल्यान्डले अंक बाँडे

आइतबार दुई खेल हुँदै


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्।

श्रीलंकाको कोलम्बोमा शनिबार साँझ सवा ७ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै देशले एकएक अंक बाँडेका हुन् ।

प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये तीन खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ‘ए’को उपविजेता बन्दै सुपर–८ पुगेको हो ।

समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्ड सुपर–८ मा पुगेको हो ।

२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर–८ अन्गतर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् भने दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

टी–२० विश्वकप २०२६ को फाइनल खेल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : २६ बजे

अछाममा रामारोशन स्काई रन २०२६ आयोजना हुने

काठमाडौं– नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार

बिहीबार कांग्रेस अनुशासन समितिको बैठक बस्ने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८