चोरीका गरगहनासहित भारतीय नागरिक पक्राउ « Khabarhub

चोरीका गरगहनासहित भारतीय नागरिक पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चोरीका गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित प्रहरीले भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरबाट बुधबार गरगहना चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सिसी क्यामेराको सहयोगमा साहलाई बिर्तामोड–५ बाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको भारतीय नम्बरप्लेटको गाडी जाँच गर्ने क्रममा लाखौँ मूल्य बराबरको सुन र चाँदीका गरगहना, ३८ हजार नेपाली र १३ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ०७ बजे

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश