व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने « Khabarhub

व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

राजविराज– स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकार भएकाहरूको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

जिल्लास्थित खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरासमेत बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएको अवस्थामा उक्त मदिरा जफत गरी नष्ट गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको उनले बताए । 

बैठकले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा बिक्रेताहरूले मदिरा बिक्री वितरण गर्न पाउने समय साँझ ७ः०० बजे र होटल तथा रेष्टुरेन्टहरूमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ः०० बजेसम्म मात्र रहने निर्णय गरेको प्रजिअ पोखरेलले बताए ।
 
यस्तै, जिल्लाका विभिन्न स्थानमा रहेका मिठाई पसलले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने रङ्ग प्रयोग गरी सामान उत्पादन गर्ने कार्यको  यकिन गरी अत्यधिक रङ्ग र अखाद्य रङ्ग भएको भए जफत गरी कारबाही गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ ।

यसका साथै यहाँका पान पसल, किराना पसललगायत स्टोरमा इजाजतपत्रबिना सुर्तीजन्य पदार्थको बिक्रीवितरण भइरहेको जनगुनासो आएको छ । यस सन्दर्भमा अनुगमन अगाडि बढाउने र यस्तो पाइए आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको पोखरेलको भनाइ छ । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार शिक्षण संस्था (विद्यालय, कलेज), स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरूबाट कम्तीमा १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा सोही ऐनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको छ । 
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : १० बजे

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ। 

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा