कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण « Khabarhub

कपिलवस्तु घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

आयोगका निर्देशक मुरारीप्रसाद खरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमितरूपमा सञ्चालन गर्न, गराउन सरकारलगायत सम्बन्धित पक्षहरुलाई आग्रह गरिएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर कपिलवस्तुको कृष्णनगरमा स्थानीय दुई पक्षबीच विवाद सिर्जना भई झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र बुधबार गोली लागेर एक जनाको मृत्यु भएको भनिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुगमन गर्न आयोगको प्रदेश कार्यालय बुटवलबाट अनुगमन टोली बिहीबारै घटनास्थल पुगी अनुगमन गरिरहेको समेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : ४५ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक